आफैँभित्र फैलिएर
कतै आफूबाहिर सङ्कुचित
बाटा, घर र आँखाहरूमा
भावना, कल्पना र मुटुभित्र
जिन्दगी म बाँचिरहेछ ।
Tag: श-न-य-म-ट-क-धड-कनभ-त-र स-मन-प-खर-ल
मेरी प्रियाले
महादेवलाई पति भनेर पुज्दा पनि
मैले सती र पार्वतीलाई
आमा मानेर पुजेको छु ।
Tag: स-मन-प-खर-ल
म
आफ्नो मुटु झिकेर ससाना टुक्रामा विभक्त गर्छु
अनि
आफ्नै रक्तिसँग मिसाएर
रक्सीसँग खान्छु,
आँसु र पसिनाको ।
Tag: स-मन-प-खर-ल
मलाई
मेरै रगत मीठो लाग्छ
तातो पनि, जमेको पनि
अरुको मनपर्दैन
तिमीलाई जस्तो ।
Tag: स-मन-प-खर-ल
हर घडी उमेर मात्र अग्लिरहेछ
जिन्दगी त मैनजस्तो पग्लिरहेछ
Tag: ज-न-दग स-मन-प-खर-ल
Pagina 1 di 1.
Data privacy
Imprint
Contact
Diese Website verwendet Cookies, um Ihnen die bestmögliche Funktionalität bieten zu können.